बिहिबार, बैशाख १३, २०८१

देशभर थपिए १ हजार ४५४ जना कोभिड संक्रमित, थप ५ संक्रमितको मृत्यु

काठमाडौं भाद्र २६ ,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ७०१ जनाको पीसीआर परीक्षणको क्रममा १ हजार ४५४ जनामा कोभिड संक्रमण देखिएसंगै नेपालमा कुल संक्रमितको संख्या ५१ हजार ९१९ हजार २१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ । छ ।

त्यस्तै संक्रमित मध्ये पछिल्लो २४ घण्टामा देशभर थप ९७२ जना उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ३६ हजार ६७२ सय पुगेको छ ।

त्यस्तै गरि भेन्टीलेटरमा २५ जना र आइसीयूमा १७० जना उपचार हुँदै गरेको जानकारी सहित मन्त्रालयले देशभर  क्वारेनटिनमा रहेको सख्या ६ हजार ७८ जना र होम क्यारेनटिनमा ६ हजार ६३४ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ८ हजार २९१ जना रहेको मन्त्रालयले जनाएको छ ।

यसैवीच संक्रमणका कारण देशभर १ महिला र ४ जना पुरुष गरी थप ५ जना संक्रमितको मृत्यु भएसंगै मृतकको सख्या ३२२ पुगेको छ ।  मृत्यु हुनेमा काठमाडौँका ७० वर्षीय, नवलपरासीका ५५ वर्षीय, धनुषाका ४५ वर्षीय, महोत्तरीका ६५ वर्षीय पुरुष र मोरङको ४० वर्षीया महिला रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।