बुधबार, बैशाख १२, २०८१

काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोभिड संक्रमण , संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुग्यो

काठमाडौं भाद्र २५ ,

पछिल्लो चौविस घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ११ हजार १४४ जनाको पीसीआर परीषणको क्रमममा थप १ हजार २४६ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या ५० हजार ४६५ हजार २१९ पुगेको छ । आज पुष्टि भएका कोभिड संक्रमितमध्ये काठमाडौंका ४९५ , भक्तपुरका ३४ र ललितपुरका ४३ जनारहेको जनाउदै आजमात्र उपत्यकामा थप ५७२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८१८ जना उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ३५ हजार ७०० सय पुगेको छ भने भेन्टीलेटरमा २१ जना र आइसीयूमा १५९ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

साथे कोभिड संक्रमणका कारण १ जना महिला र ४ जना पुरुष गरि थप ५ जना कोभिड संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौका ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय चितवनका ६२ वर्षीय र कपिलबस्तुका २९ वर्षीय पुरुष रहेको र यो संगै संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।