शुक्रबार, चैत्र १६, २०८०

कोभिड जोखिम :उपत्यकामा जारी निषेधाज्ञा थप सहज, सवारीमा जोर-बिजोर प्रणाली लागू [आदेशपत्र सहित]

के खुल्ने, के नखुल्ने ? हेर्नुहोस् आदेश पत्रको सूची

काठमाडौं भाद्र २४ ,
कोभिड संक्रमण न्यूनिकरणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका कारण जनजीवन असहज भएको निष्कर्षलाइ दृष्टिगत गर्दै  थप खुकुलो बनाईएको छ। गृह मन्त्रालयका अधिकारी काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीवीचको छलफल पछि जारी निषेधाज्ञा सहज बनाउने गरि नयाँ आदेश जारी भएको हो । त्यस्तै जारी आदेशमा भाद्र २४ गते मध्यरात्रीबाट लागुभइ भाद्र ३१ मध्य रात्री सम्म कायम रहनेगरि निजी सबै र सार्वजनिकको हकमा १६ भन्दा बढी सिट भएका सवारीसाधनमा जोर बिजोर प्रणाली कार्यान्वयनमा ल्याइने उल्लेख गरिएको छ

काठमाडौं उपत्यकामा भाद्र ३ गते मध्यरातबाट लागू गरिएको पूर्ण निषेधाज्ञाको पछिल्लो टक थपिएको समय बुधबार मध्यरातमा सकिँदै गर्दा आज जारी नयाँ आदेशमा उल्लेख भएअनुसार बढ्दो कोभिडको जोखिमसंगै सर्वसाधारण आफैंलाई पनि सचेत हुन र सामाजिक दूरी कायम गर्ने, गराउने विषय सबैको दायित्व भएको पक्षलाइ दृष्टिगत गरिएको छ ।  त्यस्तै जारी आदेशमा उल्लेख भएअनुसार विहिवारबाट स्वास्थ्य मापदण्ड पालना गर्दै जोर बिजोर प्रणाली अनुरुप सार्वजनिक निजी सवारी साधन चलाउन पाउँने व्यवस्था गरिएको छ ।

यस्तो छ आदेश पूर्ण पाठ :

त्यस्तै जारी आदेशमा निषेध गरिएको सेवा अन्र्तगत ८ बुँदे आदेशमा क्रमस खुला स्थानमा भेला हुन , सभा जुलुस गर्न गराउन जात्रा महोत्सव भोज भतेर गर्न गराउन , मठ, मन्दिर मस्जिद, चर्च लगायतका धार्मिक तथा सास्कृतिक स्थानमा दैनिक नित्यपूजा वाहेका अन्य ततिविधि सञ्चालन गर्न , चाडपर्व,भार्मिक ,सास्कृतिकजमघट गर्न, सैक्षिक संस्था सञ्चालन गर्न गोष्ठि ,सभा ,सेमिनार ,तालिम सिनेमा हल, स्मिङ्ग पुल ,पार्टी प्यालेस, व्यटीपार्लर , समुहमा खेलिने खेल , स्पा ,जिमखाना, संग्राहलय, चिडियाखाना सञ्चालन गर्न , होटल, रेष्टुरेन्ट र बार खोल्न , उद्योग व्यापार व्यवसाय निमांण कार्य गर्नकालागि स्वास्थ्यमापदन्ड विपरित कामदार श्रमिक ओसार पसार गर्न , उद्योग व्यवसाय व्यापार,कलकारखाना व्यापर व्यवसाय अअन्र्तगत स्वास्थ्य मापदन्ड विपरितका क्रियाकलाप गर्न रोक लागाएको छ ।

त्यस्तै सञ्चालन गर्न सकिने क्रियाकलाप अन्तगत १९ बुँदे सूचनामा क्रमस तत्काल माइक्रो बस, टेम्पो चल्न पाउँदैनन् । ट्याक्सीले ३ जना मात्र रहने गरी चलाउन पाउने छ । विहिवारबाट सबै खालका पसल खुल्न दिइने छ तर तर बढी भीड हुने ठाउँलाई साताको ३ दिन मात्र खोल्न दिइने छ। जसअनुसार अब सपिङ मलहरू साताको ३ दिन मात्रै सञ्चालन गर्न  पाउने भएको छ ।

अत्यावश्यक सेवामध्ये खाद्यवस्तु, दुध, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा र मासु बिक्री वितरणको लागि यसअघि ११ बजेसम्म मात्र खोल्न दिइएकामा अब बिहान ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खोल्न सकिने गरि समय सिमा तोकिएकोछ । सपिङ्गमल, फेन्सी स्टोर,  कपडा पसल , जुत्ताचप्पल पसल कस्मेटिक लगायतका पसल साताको ३ दिन अर्थात   सोमवार बुधवार र शनिवार स्वास्थ्य मापदन्ड अपनाउदै सञ्चालन गर्न पाउने भएको छ ।

स्वास्थ्य मापदण्ड पालना गरेर मध्याह्न १२ देखि बेलुका ७ बजेसम्म टेक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा खुला गरिएको छ। बैंकहरू यसअघि नै सीमित रुपमा चलेकामा अब अब सहकारी पनि खोल्न पाइने छ। तर, सहकारीलाई बिहान ११ देखि ३ बजेसम्म खोल्न पाउने भएको छ । शिक्षा मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्न पाउने छ। उपत्यकाका सबै नाका साबिकझैं बन्द गरिने छ । उपत्यकाभित्र मात्र सवारी चलाउन पाइने छ।निर्माण सामग्रीका पसल, निर्माण सामग्री ढुंगा, बालुवा, सिमेन्ट, रड, डन्डीलगायत बोक्ने ट्रक, टिपरहरूलाई यसअघि नै सञ्चालन हुन दिइएको थियो। निर्माण सामग्री बोक्ने सवारीसाधनलाई समय तोकिएको थिएन भने पसललाई दिउँसो २ बजेदेखि राति ९ बजेको समय सिमा तोकिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।