शुक्रबार, चैत्र १६, २०८०

जारी निषेधाज्ञाका सवालमा रणनितिक कार्ययोजना अनुरुप नयाँ विकल्प पहिचान गर्ने प्रशासनको तयारी

उपत्यकाका सहित २६ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा कार्यान्वयनमा, दिनानुदिन जनजीवन असहज बन्दै

काठमाडौं भाद्र २४ ,
बढ्दो कोभिड संक्रमणको जोखिम न्यूनिकरणका लागि विगत ३ सातादेखि जारी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको तेस्रो चरण बुधवार मध्यरात्रीबाट सकिदै गर्दा जारी निषेधाज्ञाका सवालमा प्रशासनले आगमाी दिनमा बढ्ने रणनितिक कार्ययोजना तय गर्न लागेको हो ।

कोभिड जोखिम रोक्नका लागि लागि पछिल्लो समय देशका ७७ जिल्लामध्ये उपत्यकाका सहित २६ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा कार्यान्वयनमा रहेको छ । निरन्तररुपमा जारी निषेधाज्ञाका कारण जनजीवन असहज बन्दै गएको र जारी गरिएको निषेधाज्ञाका वीच पनि उपत्यका लगायत देशभर कोभिड संक्रमण र मृत्युदर रफ्तारमा बढ्दो रहेका कारण जारी निषेधाज्ञा थप गर्ने होकी या अन्य कुनै विकल्प पहिचान गर्ने हो भन्ने सवालमा नितिगत निर्णय गर्नका लागि आज उपत्यकाका ३ वटै प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जिल्ला सुरक्षा अधिकारीको संयुक्त बैठक बस्दै गरेको जानकारी प्राप्त भएको छ ।

त्यसो त मंगलवार कोभिड महामारी रोकथाम तथा नियन्त्रण गर्नजारी निषेधाज्ञाका कारण उपत्यकाको जनजीवन कष्टकर बनेको भन्दै उपत्यकाका दुई महानगरसहित १८वटा पालिकाहरुको साझा संस्था उपत्यका नगरपालिका फोरमले   गत भाद्र ३ गते मध्यरातबाट गतेबाट लागु गरिएको निषेधाज्ञाको विकल्पमा उपत्यका छिर्ने सबै नाकामा सेना परिचालन गर्दै उपत्यका प्रवेशमा कडाई गर्न र उपत्यका भित्र केही समय सार्वजनिक यातायातलाई सञ्चालनमा रोक लगाई अन्य सवारीमा जोर–विजोर प्रणाली लागु गर्न माग गरेको छ ।

यसवीचमा फोरमको तर्फबाट प्रस्तुत सुझाव सहितको माग अनुरुप प्रशासनले जारी निषेधाज्ञा क्रमशः परिमार्जित गर्दै खुकुलो बनाउँने उपत्यकाको नाकाबाट हुने आवागमन व्यवस्थित पार्ने, सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने, बजार खुला गर्ने तथा सामाजिक दूरी लगायतका विकल्प केन्द्रीत छलफल समेत गर्ने कार्ययोजना तय गरेको बुझिएकोछ ।

साथै आसन्न चाडपर्व समेतलाइ दृष्टिगत गर्दै महामारीलाइ भयावह हुन नदिन उद्योग व्यवसाय सञ्चालन र बजार खुला राख्न आवश्यक नयाँ मापदण्डको तयारी संगै जारी निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने प्रशासनको तयारी रहेको सम्वद्ध स्रोतले जनाएको छ । सम्वद्ध स्रातका अनुसार सरोकारवालासंगको छलफलपछि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्र [डीसीसीएमसी] को संयुक्त बैठक बस्नेछ । संयुक्त बैठकको निष्कर्षका आधारमा गृह मन्त्रालयसंग आवश्यक समन्वय पछि पहिचान हुने निष्र्क अनुरुप जारी निषेधाज्ञा थप्ने÷नथप्ने वा अन्य विक्लप पहिचान गर्ने सवालमा नितिगत निर्णय हुने जनाएको छ । यसअघि संसदीय समितिको बैठकमा उपत्यकाका ३ जिलाका प्रजिअहरुले दशैंसम्म जन जीवनलाइ सहज बनाउदै निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने धारणा प्रस्तुत गरेका थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।