बिहिबार, बैशाख १३, २०८१

विशेष सुरक्षा सहित वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथयात्रा [फोटो फिचर]

ललितपुर भाद्र २१ ,

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथारोहण गरिएको ४ दिनमा मछिन्द्रनाथको रथलाई तानेर रथयात्रा सहित जात्रा सञ्चालन हुनु पर्नेमा उपत्यकामा बढ्दो कोभिड संक्रमणको जोखिम संगै प्रभावित हुनुको अलावा जारी निषेधाज्ञाका कारण पछिल्लो समय रातो मच्छिन्द्रनाथको मूर्तिसहितको रथ पुल्चोकमा अलपत्र अवस्थामा रहेको थियो ।

 यसवीचमा आसन्न् मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलन अनुसार स्थानीयले जारी निषेधाज्ञाको अवज्ञा गर्दै रथ तान्ने क्रममा ललितपुरमा केही दिन अघि स्थानीयले प्रशासनको अनुमतिबिनै रथ तान्न थालेपछि प्रहरीसँग झडप भएको थियो। प्रहरीले रथ तान्न रोक लगाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो । भएको झडपपछि रोकिएको रातो मच्छिन्द्रनाथको रथ शनिवार क्षमा पूजा पछि आइतबार सम्भावित खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले विशेष सुरक्षा सहित आज रथालाइ सोह्रखुट्टे पाटीसम्म रथाजात्रा शुरु गरिएको हो ।

स्मरण रहोस : सवीचमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा हुनसक्ने सम्भावित जोखिममलाई दृष्टिगत स्थानीय प्रशासनले ललितपुर जिल्लामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३, क० बमोजिम ललितपुर महानगरपालिकाभित्र यही भाद्र २६ गतेसम्म हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी आदेश जारी गरिएको छ ।

कोभिड संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर सीमित व्यक्तिको सहभागितामा मच्छिन्द्रनाथको रथ तानिएको हो । गाःबहालमा राखिएको मीननाथको रथ पनि आजै सोह्रखुट्टे पाटीसम्म पु-याइएको छ । यसवीचमा आवश्यक विध विधान सहित भाद्र २६ गतेसम्म रातो मच्छिन्द्रनाथलाई बुङ्गमती लगेसँगै जात्रा सम्पन्न हुनेछ । रथयात्रामा प्रतिनिधिसभाका र प्रदेशसभाका सदस्य पम्फा भुसाल, राजकाजी महर्जन र शोभा शाक्यको समेत सहभागीता रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।