बिहिबार, बैशाख १३, २०८१

महासङ्घद्वारा पत्रकार कार्कीमाथि सांघातिक आक्रमण गर्ने कार्कीमाथि कानूनी कारवाही माग

काठमाडौं भाद् २१,

नेपाल पत्रकार महासङ्घले नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सदस्य एवं राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि आज भएको भौतिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी कार्कीलाई सूर्यविनायक–१० घर भई साँगास्थित नेपाल प्रहरीको स्कूलमा शिक्षकका रुपमा कार्यरत उद्धव कार्कीले कुटपिट गरी घाइते बनाएको घटनाको निन्दा गर्दै पत्रकारलाई त्रसित बनाउने आपराधिक कार्यमा संलग्न कार्कीमाथि कानूनी कारवाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन र निर्बाधरुपमा काम गर्ने वातावरण मिलाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ । साथै, महासङ्घले घाइते पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बनेपा नगरपालिका ८ बसपार्क नजिकैको हार्डवेयर पसलमा घरायसी सामान खरिद गर्ने क्रममा निज उद्धव कार्कीले पुरोना हिसाव किताव गर्नु छ भन्दै पत्रकार कार्कीमाथि सोही पसलमा रहेका सामग्रीले एक्कासि टाउको र शरीरका विभिन्न भागमा प्रहार गरी घाइते बनाएका थिए ।

पीडित कार्कीले आक्रमण गर्नेविरुद्ध इलाका प्रहरी कार्यालय बनेपामा ठाडो निवेदन दिनुभएको छ । पीडितको निवेदनका आधारमा आक्रमण गर्ने उद्धवलाई प्रहरीले खोजी जारी राखेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।