बिहिबार, चैत्र १५, २०८०

उपत्यकामा थप ३५४ जनामा कोभिड १९ संक्रमण पुष्टि

काठमाडौं भाद्र २१ ,

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ३५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आज उपत्यकामा पहिचान भएका संक्रमित मध्ये काठमाडौंका २९०, ललितपुरका ३२ र भक्तपुरका ३२ जना रहेको जानकारी दिनु भएको छ । उपत्यकामा दिनानुदिन बढ्दो संक्रमितको सख्याको रफ्तारलाइ हर्ने हो भने उपत्यका कोभिड संक्रमणको उच्च जोखिममा रहेको देखिन्छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८१४ जना संक्रमित कोभिड मुक्त हुँदै डिस्चार्ज भएसंगै  डिस्चार्ज हुनेको संख्या २८ हजार ९४१ पुगेको छ भने संक्रमणका कारण काठमाडौँका ३,  मोरङ १ , झापा १ र मोरङ, पर्सा, धनुषा र चितवनको १/ १  जना पुरुष  गरी २ महिला र ७ जना पुरुष गरी थप ९ जनाको निधन भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।