बुधबार, मंसिर १५, २०७८

उपत्यकामा थपियो ४०८ जना कोभिड संक्रमित

काठमाडौं भाद्र २०,

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार ४७३ जनाको पीसीआर परीक्षणको क्रममा ६९२ जना पुरुष र ३४९ जना महिला गरि थप १ हजार ४१ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।

त्यस्तै आज पहिचान भएका संक्रमित मध्ये काठमाडौँमा ३२६ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा ३७ जना गरी कुल ४०८ जना संक्रमित उपत्यकामा थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार उपत्यकामा ४५४ जनामा संक्रमण पुष्टि भएको थियो।

त्यस्तै मन्त्रालयले भेन्टीलेटरमा उपचार हुँदै गरेकोको सख्या दुइ दर्जन रहेका छन भने आइसीयूमा १६७ जना उपचार हुँदै गरेको जनाएको छ । त्यस्तै गत २४ घण्टामा   संक्रमणका कारण  ३ जना महिला र ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएसंगै नेपालमा कोभिडका कारण मृत्यु हुनेको संख्या २८० पुगेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031