बिहिबार, बैशाख ६, २०८१

२ दर्जन संक्रमितको भेन्टीलेटरमा र १६७ जनाको आइसीयूमा उपचार हुँदै

कोभिड संक्रमितको संख्या ४५ हजार नाघ्यो , ९ को मृत्यु

काठमाडौं भाद्र २०,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार ४७३ जनाको पीसीआर परीक्षण्को क्रममा ६९२ जना पुरुष र ३४९ जना महिला गरि थप १ हजार ४१ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज पहिचान भएका संक्रमित मध्ये काठमाडौमा ३२६ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा ३७ जना गरी कुल ४०८ जना संक्रमित उपत्यकामा थपिएको जानकारी दिनुभयो ।

त्यस्तै उहाँले देशभर थप १ हजार ५६६ जना उपचारपछि कोभिड मुक्त हुँदै डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या कुल संख्या २७ हजार १२१ सय पुगेको जानकारीददै देशभरका क्वारेनटिनमा ६ हजार ५६१ जना रहेका छन् । त्यसैगरी होम क्यारेनटिनमा ८ हजार ४ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ९ हजार ८६६ जना र भेन्टीलेटरमा उपचार हुँदै गरेकोको सख्या दुइदर्जन रहेका छन भने आइसीयूमा १६७ जना उपचार हुँदै गरेको बताउनुभयो ।

त्यस्तै गत २४ घण्टामा २४ संक्रमणकाकारण ९ जनाको मृत्यु भएसंगै नेपालमा कोभिडका कारण मृत्यु हुनेको संख्या २८० पुगेको बताउनुभयो । मृत्यु हुनेमा काठमाडौका ३ सहित रुपन्देहीमा १ पुरुष , महोत्तरीमा १ पुरुष र पर्साका १ पुरुष र मोरङ, मकवानपुर र नवलपरासीका १/१ जना महिला रहेको  मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।