बिहिबार, बैशाख १३, २०८१

बुटवलमा थप २ र धुलिखेल अस्पतालमा ७६ बर्षीय १ कोभिड संक्रमित महिलाको मृत्यु

काठमाडौं भाद्र २०,
लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत रुपन्देहीको बुटवल धागो कारखानास्थित कोभिड अस्पतालमा उपचाररत १ महिला र १ पुरुषको गरी थप दुईजना संक्रमितको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार मृत्यु हुनेमा नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज विहान र र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको अस्पतालले जनाएके छ ।

त्यस्तै अस्पतालले मृतक दवैमा कुनै पनि किसिमको अन्य रोग नभएको र कोभिड संक्रमणकै कारण ज्वरो र श्वास प्रश्वासको समस्या रहेको जनाएकोछ । योसँगै रुपन्देही जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

यसैवीच धुलिखेल अस्पतालमा उपचार कोभिड संक्रमित ७६ बर्षीय बृद्धको उपचारको क्रममा निधन भएको हाम्रा स्थानीय सहकर्मीले जनाएकोछ । मृतक महिला महोत्तरी बर्दिबास घर भई धुलिखेल अस्पतालमा विगत १५ दिन देखि उपचारार्थ भर्ना भएको थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।