शुक्रबार, चैत्र १६, २०८०

काठमाडौका ३ जनाको मृत्युसंगै उपत्यकामा ४५४ जनामा कोभिड संक्रमण

उपत्यकामा कोभिड  संक्रमितको संख्या ७ हजार ४९२ पुग्यो

काठमाडौं भाद्र १९,
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४५४ जनामा कोभिड संक्रमित थपिएसंगै उपत्यकामा कोभिड  संक्रमितको संख्या ७ हजार ४९२ पुगेको छ ।   आज पहिचान भएका उपत्यकाका संक्रमित मध्ये काठमाडौंका ३८६ जना, भक्तपुरका ३६ जना र ललितपुरका ३२ जना रहेको मन्त्रालयले जनाएको छ । यसअघि बिहीबार ४४५ जनामा संक्रमण देखिएको थियो।

त्यस्तै १५१ जना आईसियू र २७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ भने संक्रमणबाट थप १४ जनाको मृत्यु भएसंगै संक्रमणका कारण मृत्यु हुनेको सख्या २७१ पुगेको छ । मृत्यु हुनेमा ४ जना महिला र १० जना पुरुष रहेको र  र यसमध्ये काठमाडौका ३ र चितवनको १ महिला र रुपन्देहीका ३ सहित,सप्तरी, धनुषा, कास्की, नवलपरासी, प्यूठान, पाल्पा र सुर्खेतका १/१ जना पुरुष  रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।