शनिबार, बैशाख ८, २०८१

१ हजार ३५९ जना नयाँ कोभिड संक्रमितको पहिचान ,४ महिला र १० पुरुष सहित १४ को मृत्यु

काठमाडौं भाद्र १९,

शुक्रबार देशका विभिन्न प्रयोगशालामा १३ हजार ६३८ जनाको पिसिआर परीक्षणको क्रममा ८९५ पुरुष र ४६४ महिला गरि थप १३ सय ५९ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या ४४ हजार २३६ जना पुगेको जनाएकोछ ।स्वास्थ्य मन्त्रालयको अजको मिडिया ब्रिफिङ मार्फत मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज पुष्टि भएको संक्रमित मध्ये काडमाढौं उपत्यकामा ४५४ संक्रमित थपिएको जनाएको छ ।

यसमध्ये काठमाडौंका ३८६, ललितपुरका ३२ र भक्तपुरका ३६ जना रहेको मन्त्रालयले जनाएको छ । साथै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३५४ जना उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या कुल संख्या २५ हजार ५६१ सय पुगेको छ । त्यस्तै प्रवक्ता डा गौतमले क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ५६१ जना रहेका छन् । त्यसैगरी संक्रिय संक्रमित १८ हजार ४०४ जना रहेको र यस मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार ४६२ जना रहेको जानकारीदिनुभएकोछ ।

त्यस्तै  १५१ जना आईसियू र २७ जनाको भेन्टिलेटरमा उपचार भैरहेका जानकारीदिदै संक्रमणबाट थप १४ जनाको मृत्यु भएसंगै र्संक्रमणकाकारण मृत्यु हुनेको सख्या २७१ पुगेको जानकारी दिएको छ ।  मृत्यु हुनेमा मृत्यु हुनेमा ४ जना महिला र १० जना पुरुष रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।