बिहिबार, बैशाख १३, २०८१

ललितपुरका यी ठाँउमा भाद्र २६ सम्म ५ जना भन्दा बढी भेला हुन निषेध [यस्तो छ आदेश]

ललितपुर भाद्र २०,
जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाका दुई ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकार नारायण प्रसाद भट्टद्दारा जारी आदेशमा रातो मच्छिन्द्रनाथको रथ रहेको आसपास क्षेत्र र मिननाथको रथ रहेको आसपास क्षेत्रमा संगै पुल्चोक क्षेत्र र मंगलबजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै त्यस क्षेत्रमा ५ जना भन्दा बढी जम्मा हुन् नपाउने आदेशमा उल्लेख गरिएको छ ।

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा बिहीबार झडप भएपछि प्रशासनले थप सुरक्षा सतर्कता सहित शुक्रबार बिहानबाट लगाइएको कफ्र्यु गत राती राति १० बजे सम्म जारीरहेको थियो ।

त्यसलगत्तै आगामी भाद्र २६ गतेसम्मलाई बिहान ५ बजेदेखि राति १० बजेसम्म जारी रहने गरि पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक अगाडिको चोक, दक्षिण पूर्णचण्डी मन्दिर र उत्तरमा तिमबहाल क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।  उपत्यकाका अन्य ठाउँमा भने यसअघि घोषणा गरिउको निषेधाज्ञा जारी छ ।आदेश उल्लंघन गरे स्थानीय प्रशासन ऐन अनुसार कारबाही हुने विज्ञप्ति मार्फत जनाइएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।