बिहिबार, चैत्र १५, २०८०

उपत्यकामा थपियो ४४५ संक्रमित

काठमाडौं भाद्र १८,

पछिल्लो २४ घण्टामा १३ हजार ४१३ जनाको पीसीआर परीक्षणको क्रममा १ हजार २२८ जनामा कोभिड पोजेटिभ देखिएको र यसमध्ये काठमाडौ उपत्यकामा थप ४४५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

बधवार काठमाडौं उपत्यकामा काठमाडौंका ३ सय ५०, ललितपुरमा २९ र भक्तपुरमा ९ संक्रमित गरि ३ सय ८८ कोभिड संक्रमित थपिएको थियो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३५७ जना, भक्तपुरमा ४२ जना र ललितपुरमा ४६ जना गरी कुल ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्तालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा कोभिड संक्रमणबाट ४ जना महिला र २ जना पुरुष गरी ६ जनाको मृत्यु भएसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।