बिहिबार, बैशाख १३, २०८१

मछिन्द्रनाथको रथजात्रा सुचारुको माग सहित ललितपुरमा प्रदर्शन, स्थिती नियन्त्रणमा लिने क्रममा पानीको फोहरा र अश्रुग्यास प्रहार

काठमाडौं भाद्र १८,

रातो मछिन्द्रनाथको रथलाई त्यतिकै राख्न नहुने र जात्रा चलाउनुपर्ने माग गर्दै पुल्चोक परिसरमा स्थानीयले गरेको प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । प्रहरीले संक्रमणको जोखिमका कारण रथ तान्न रोके लगाएपछि स्थानीय युवा प्रहरीवीच झडप भएको हो ।झडपको क्रमममा प्रहरीमाथि ढुंगामुडा गरेसगै नियन्त्रणमा लिने क्रममा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

यो समाचार तयार पार्दा सम्मपनि झडप जारी रहेको हाम्रा स्थानीय सहकर्मीले टेलिफोन सम्पर्कमा जानकारी गराउँदै रथ तानेर सडकको बीचमा पुर्‍याएको थाहा भएको छ ।

स्मरण रहोस कोभिड संक्रमणको जोखिमका कारण मच्छिन्द्रनाथको रथारोहण भएपनि रथजात्रा भने रोकिएको थियो । आसन्न् मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलन अनुसार स्थानीयले जारी निषेधाज्ञाको अवज्ञा गर्दै रथ तानेको बुझिएकोछ । निषेधाज्ञाका कारण पछिल्लो समय रातो मच्छिन्द्रनाथको मूर्तिसहितको रथ पुल्चोकमा अलपत्र अवस्थामा रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।