शुक्रबार, बैशाख १४, २०८१

कोभिड संक्रमण: नार्गाजुन वडा न.६ काँग्रेस इकाइ सभापति पुतवारको निधन , क्षेत्रिय समितिद्दारा दु:ख व्यक्त

काठमाडौ भाद्र १९,

काठमाडौं काँग्रेस क्षेत्र न.८ अन्र्तगत रहेको नार्गाजुन नगरपालिकाको साविक वडा न ६ इकाइ सभापति चन्द्र पुतवार लालुको कोभिड संक्रमणका कारण निधन भएको छ । संक्रमण देखिएसंगै ललितपुरस्थित पाटन अस्पतालमा उपचारारत चन्द्र पुतवार [लालु] को आज विहान निधन भएको क्षेत्रीय सचिव राजेश श्रेष्ठले जानकारी दिनु भएको छ ।

यसैवीच क्षेत्रीय सचिव श्रेष्ठले इकाइ सभापति पुतवारको निधनले  पार्टीको साङ्गठनिक संरचनामा अपुरणीय क्षति पुगेको बताउदै सिङ्गो क्षेत्रिय समितिको तर्फबाट दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

यसैवीच नार्गाजुन नगरपालिकाका प्रमुख मोहन बस्नेत संगै वडा न ६ का वडाध्यक्ष राजेन्द्र बुढाथोकी समेतलाइ कोभिड संक्रमण देखिएका कारण उहाँँहरु दुवै जनाको शिघ्रस्वास्थ्य लाभको  कामना समेत गर्नु भएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।