बिहिबार, बैशाख १३, २०८१

सत्तासिन नेकपाको सचिवालय बैठक बस्दै- राष्ट्रियसभामा उपाध्यक्ष गौतमको प्रवेश होला त ?

काठमाडौं भाद्र १८,
गत भाद्र १३ मा बस्ने भनिएको सत्तारुढदल नेकपाको सचिवालय बैठक आज बस्दैछ । अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच बुधवार भएको छलफलको क्रममा सचिवालय बैठकको एजेण्डा तयभएसंगै आज बैठक बस्न लागेको हो ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आजको बैठकमा बैठकमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलको प्रतिवेदनमाथिको छलफलसंगै राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने वा अर्थमन्त्री डा युवराज खतिवडालाई लैजाने भन्ने विषयमा समेत छलफल हुने सम्वद्ध स्रोतले जनाएको छ ।प्रधानमन्त्री ओली भने डा खतिवडाको पक्षमा उभिएसंगै अर्का अध्यक्ष प्रचण्डले प्रम ओलीलाइ फेरि पनि महाभुल गर्ने प्रयास नर्गन भनिसकेका छन ।

त्यसोत गत फागुन १४ गते सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई नितिगत निर्णय सहित राष्ट्रियसभामा लैजाने निर्णय भएको थियो । तर यो वा त्यो नाममा उक्त निर्णय कार्यान्वयन गर्न प्रम इच्छुक नभएको पाइएसंगै  निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायतले प्रधानमन्त्री ओलीलाई दवाव दिँदै आएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।