शनिबार, बैशाख ८, २०८१

परिमार्जित आदेश सहित उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बियो [सूचनापत्र सहित]

काठमाडौं भाद्र १७ ,
काठमाडौ उपत्यकामा जारी निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ । आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सो निर्णय गरेको हो । यसअघि सरकारले गत भाद्र ३ गते जारी गरेको निषेधाज्ञा भाद्र १० सम्म कामय गरिएकोमा थप सात दिन थप गरी आज मध्यराति सम्मका लागि कायम गरिएको थियो ।

यसवीचमा उपत्यकामा बढ्दो कोभिड संक्रमणको समस्या लाइ दृष्टिगत गर्दै आजबाट आगामी भाद्र २४ गते मध्ये रात्रीसम्म कायम रहने गरि निषधाज्ञाा थप गरिएको हो ।त्यस्तै जारी निषेधाज्ञाको क्रममा यसअघि गरिएको व्यवस्थालाइ थप परिमार्जित गर्दै अत्यावश्यक वस्तु तथा सेवामध्ये खाद्य वस्तु, दूध, फलफुल, माछामासु, तरकारी विक्री गर्ने समय बढाएर ९ १५ बजेको समय सिमा थप गर्दै विहान ११ बजेसम्म पुर्‍याइएको छ । त्यस्तै जारी सूचनामा उल्लेखभएअनुरुप विकास निर्माणसँग सम्बन्धित पसल र व्यवसायका साथै छोटो ढुवानीको लागि प्रयोग हुने सवारी साधन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म संचालन गर्न स्वीकृति दिइएको छ ।

अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरूको पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्ने ब्यवस्था स्वाब परीक्षण गराउने व्यक्तिहरू रिपोर्ट नआउन्जेल सम्म अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्नुपर्नेछ । होम क्वारेन्टिनमा बसे नबसेको निगरानी सम्बन्धित स्थानीय तहको वडा कार्यालयले गर्नुपर्ने व्यवस्था कायम गरिएको छ ।

साथै व्यवसायीहरुलाई टेक अवे सेवा संचालन गर्न पनि स्वीकृति दिएको छ । यसरी व्यवसाय सञ्चालन गर्दा सेवामा रहने ब्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने मापदण्ड बनाइएको छ भने होम डेलिभरीमा खटिने कर्मचारीहरुको पनि पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने जारी १५ बुँदे सूचनामा उल्लेख गरिएको छ ।

यस्तै जारी १६ बुँदे सूचनामा मापदण्डअनुसार अनलाइन कक्षा सञ्चालन गर्न, क्वारेन्टिन र आइसोलेसनमा बस्ने व्यक्तिका लागि खाना बनाउने, क्याटरिङ र होटल, विमानस्थलदेखि क्वारेन्टिन तथा आइसोलेसनसम्म जाने यातायातका साधन पनि सञ्चालन गर्न  , खाना पकाउने ग्यास, तरकारी फलफूल दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने भएको छ ।

स्वास्थ्य मापदण्ड पालना गर्दै अत्यावश्यक सेवासँग सम्बन्धित उद्योग, कलकारखाना सञ्चालन गर्न पाइनेछन् । साथै बैंकलगायत अन्य संस्थाले भर्चुअल वा विद्युतीय माध्यामबाट सेवा सञ्चालनको व्यवस्था गर्नुपर्ने छ । उक्त कार्य गर्न कठिन भए नेपाल राष्ट्र बैंकले तोकेको वा कर्मचारी सङ्ख्याको एक तिहाइ नबढ्न गरी सेवा सञ्चालन गर्न सकिनेछ । एटिएम सञ्चालन गर्दा सम्बन्धित बैंकले डिसइन्फेक्ट गर्नुपर्ने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।