शनिबार, बैशाख ८, २०८१

सक्रिय संक्रमितको संख्या १८ हजार नाघ्यो , ५ महिला र १२ पुरुष गरी थप १७ को मृत्यु

१४९७ जनामा संक्रमण पुष्टि

काठमाडौं असोज ८ ,

देशका विभिन्न प्रयोशालामा बिहीबार ११ हजार ४४९ जनाको पिसिआर परीक्षणको क्रममा थप १हजार ४९७ जनामा कोभिड संक्रमण पुष्टि भएसंै कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकामामा ७५५ जना रहेको र यसमध्ये काठमाडौमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा रहेको मन्त्रालयले जनाएको छ ।

साथै देशभरका क्वारेन्टाइनमा ६ हजार ५६५ जना रहेका छन भने त्यसैगरी सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ पुगेको छ । साथै सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ९ हजार ८२३ जना रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि संक्रमणको सफल उपचारपछि डिस्चार्ज हुनेको संख्या ४५७ रहको छ । योसंगै डिस्चार्ज हुने जम्मा संख्या ५० हजार ४११ पुगेका छ भने देशभर २३२ जना आइसीयूमा र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

साथै गत २४ घण्टामा ५ महिला र १२ पुरुष गरी थप १७ जनाको संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५३ पुगेको मन्त्रालयले जनाएकोछ । मृत्यु हुनेमा काठमाडौं उपत्यकाका ६ जना रहेको छ  ।