शुक्रबार, चैत्र १६, २०८०

हिमचितुवा’ शेर्पाको निधन

काठमाडौं असोज ५ ,

१० पटक विनाअक्सिजन सगरमाथाको सफल आरोहण गरी ‘हिमचितुवा’ को उपनामबाट परिचित हुनुको अलावा विश्व रेकर्ड कायम गर्न  सफल पर्वतारोही आङरिता शेर्पाको मृत्यु भएको छ ।

सोमबार बिहान १० बजे जोरपाटीस्थित छोरीको घरमा उनको मृत्यु भएको हो । उनी कृहि समय यता विभिन्न रोगबाट ग्रस्त हुँदै आएको थियो । विश्व रेकर्ड राखेका थिए ।

धार्भिक परम्पराअनुसार उनको अन्त्यष्टि गरिने नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए ।