बिहिबार, बैशाख १३, २०८१

स्वास्थ्य मापदण्ड पालना नगर्ने ४ सय भन्दा बढी सार्वजनिक यातायात कारबाहीमा

काठमाडौं असोज ८ ,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेको सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ ।

सार्वजनिक यातायातमा सङ्क्रमण धेरै फैलनसक्ने भन्दै आजदेखि सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको, भिडभाड गरे नगरेको, यात्रुहरूले मास्क लगाएको नलगाएको, बढी भाडा लिए नलिएको र भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केको वा नछर्केको अनुगमन गरेको हो ।

महाशाखाका अनुसार कोभिड–१९ बाट यात्रुमाथि हुने जोखिमलाई ध्यानमा राखेर उपत्यकाका मुख्य बसपार्क र भीडभाड हुने क्षेत्रमा अनुगमन गर्ने क्रममास्वास्थ्य मापडण्ड पालना नगर्ने ४सय भन्दा बढी भाडाका सवारी साधनलाई कारबाही गरेको जनाएकेछ । त्यस्तै महाशाखाले सार्वजनिक सवारी साधनले स्वास्थ्य मापदण्ड पालना नगरे वा तोकिएको भन्दा बढी भाडा लिए ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न समेत सर्वसर्वसाधारणलाइ आग्रह   गरेको महाशाखा प्रमुख भिम ढकालले जानकारी दिनुयो ।