शुक्रबार, चैत्र १६, २०८०

सिन्धुपाल्चोकका बाढीपहिरो पिडित स्थानीयलाइ प्रतिस्थानको खाद्यान्न सामाग्री सहयोग

काठमाडौं असोज ५ ,
तत्कालीन जहानिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय रहदै २००७ सालको क्रान्तिमा महत्वपूर्ण भूमिका निवाह गर्दै नेपाली राजनैतिक परिवर्तनको क्षेत्रमा महत्वपूर्ण आयाम सिर्जना गर्न सफल व्यक्तित्व एवम् नेपाल महिला संघकी संस्थापक अध्यक्ष स्व मंगलादेवी सिंहको स्मृतिमा गठित मंगलादेवी स्मृति प्रतिस्थानको सहयोगमा आइतवार बाढी पहिरो पिडित सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा न ७ का २८ घरधुरीका स्थानीयलाइ खाद्यान्न लगायतका सामाग्री वितरण गरिएको छ ।

संस्थाकी महासचिव एवम् काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको उपस्थितीमा बाढी पहिरो पिडित २८ घरपरिवार सहित पहिरोमा पारिवारिक सदस्य र अभिभावक गुमाएका पिडितलाइ खाद्यान्न लगायतका सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक समिला शाक्यले जानकारी दिनुभएको छ ।

खाद्यान्न लगायतका समाग्री प्राप्त गरेसंगै पिडितको मुहारमा केहि आशाको सञ्चार भएको अनुभूति आफुले गरेको संयोजक श्रेष्ठले बताइन ।