बिहिबार, बैशाख १३, २०८१

सर्बोच्चका प्रथम प्रन्या सिंहको निधन प्रति दु:ख व्यक्त

काठमाडौं असोज १,

सर्बोच्च अदालतका प्रथम प्रधानन्यायधीश अनिरुद्रप्रसाद सिंहको निधन भएको प्रति पुर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गर्नुभएको छ । पूर्व राजाले आज समबेदना सन्देश मार्फत स्वर्गिय सिंहको आत्माको चीर शान्तिको कामना गदै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको हो ।

सिंहको १०४ वर्षको उमेर मंगलबार बेलुका बत्तिसपुतलीस्थित आफ्नै निवासमा निधन भएको थियो। २०१३ साल जेठ ८ गते सर्वोच्च अदालतको स्थापना भएपछि उनी त्यहाँको पहिलो प्रधानन्यायाधीशका रुपमा तीन वर्ष न्यायपालिकाको नेतृत्व गरेका थिए।