बिहिबार, बैशाख १३, २०८१

सरकारी निर्देशनको अवज्ञा गर्ने प्रयोगशालालाई कारवाही गर्न गृहलाइ पत्राचार

काठमाडौं असोज १३,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ संक्रमणका नमुना परीक्षणको क्रममा सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

सरकारले पिसिआर परीक्षणका लागि दुई हजार निर्धारण गरेपनि निजी प्रयोगशाला तथा अस्पतालले वढी शुल्क लिदै आएको विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिकभएसंगै सरकारी निर्देशनको अवज्ञा गर्ने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाहीका लागि गृह मन्त्रालयलाई पत्राचार गरिएको हो ।

मन्त्रालयले शुरुको चरणमा पिसिआर परीक्षण गर्न पाँच हजार ५०० रुपैया शुल्क तोकेको थियो । रिएजेन्ट अन्तर्राष्ट्रिय बजारमा सस्तो भएपछि मन्त्रालयले परीक्षण शुल्क रु २ हजार कायम गरेको थियो । तर स्टार, ह्याम्स , वि एण्ड वि ,नेपाल मेडिसिटी अस्पतालका प्रयोगशाला, डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर प्रालि, सेन्ट्रल डायगनोस्टिक ल्यावरोटरी एण्ड रिसर्च सेन्टर र इन्ट्राप्रिड डायगनोस्टिक सेन्टर लगायतलाइ कारवाहीका लागि वाणिज्य विभाग समेतलाई  कारवाही गर्नका लागि निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ।