शनिबार, बैशाख ८, २०८१

सम्झौता कार्यान्वयन नगर्ने दुई सप्लायर्सका ठेकेदारलाइ कालोसूचीमा राख्न सिफारिस

काठमाडौं  भाद्र ३०,
कृषि सामग्री कम्पनीले सोमवार २५/२५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने सवालमा भएको ठेक्का सम्झौता मुताविक निर्धारित समयसिमा संगै थप गरिएको समयमा समेत रसायनिक मल नल्याउने शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सिफारिस गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ का लागि कम्पनीले अन्तराष्ट्रिय बोलपत्रअनुसार आह्वान गरेको २५/२५ हजार मेट्रिक टन सप्लाइको लागि यी दुइ सप्लायर्सले रासायनिक मल आयात गर्ने ठेक्का पाएका थिए ।

तर यसवीचमा भएके सम्झौता अनुरुप निर्धारित मितिमा ठेक्का सम्झौतानुसार मल नल्याएपछि कम्पनीले यसअघि दुवै कम्पनीको जमानत रकम जफत गर्दै कारवाही गर्नुको अलावा थप कारवाहीस्वरुप कालोसूचीमा राख्न सिफारिस गरेको हो ।