शुक्रबार, चैत्र १६, २०८०

शनिबार बिहान ९ बजेदेखि ३ बजेसम्म काठमाडौंका यी स्थानमा विद्युत कटौती हुने

काठमाडौं भाद्र २०,
शनिबार काठमाडौंका विभिन्न ठाउँमा बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बालाजु वितरण केन्द्रको विष्णुमति फिडर अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १५ र १६ को चक्रपथ क्षेत्रमा बिजुलीको पोल सार्ने काम हुने भएकोले यी क्षेत्रमा बत्ती काटिने प्राधिकणले जनाएको छ ।

शनिबार बिहान ९ बजेदेखि ३ बजेसम्म फिडर सटडाउनमा राख्नु पर्ने भएका कारण वनस्थली, गङ्गा हल, माछापोखरी, बालाजु बाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुल लगायत क्षेत्रमा बत्ती काटिने प्राधिकरणले विज्ञप्तिमार्फत जानकारी दिदै यसवीचमा पर्न गएको समस्या प्रति क्षमायाचना समेत गरेको छ ।।

साथै सनर्धारित समय अगावै काम सकिएको अवस्थामा छिट्टै लाइन सञ्चालन गरिने समेत प्राधिकरणले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।