शनिबार, बैशाख ८, २०८१

ललितपुरका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना भएका ४ कोभिड संक्रमितको मृत्यु

काठमाडौं असोज ३ ,

उपत्यकामा कोभिड संक्रमितभइ गम्भीर अवस्थामा उपचार भइरहेका हरुको मृत्युदर बढेको छ । यसैक्रममा आज ललितपुरमा संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ। ललितपुरका विभिन्न अस्पतालमा कोभिड संक्रमणको उपचार गराइदै आएका ४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

स्वास्थ्य कार्यालयका अनुसार पाटन अस्पतालमा भाद्र २६ गते भर्ना भएका सर्लाहीका ६० वर्षीय पुरुष, भाद्र २० गते भर्ना भएकी ललितपुरकी ७५ वर्षीया महिला, भाद्र २५ गते भर्ना भएकी ललितपुरकी ६८ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको बुझिएकोछ । त्यस्तै असोज १ गते मेघा अस्पतालमा भर्ना भएकी भक्तपुरकी ९० वर्षीया महिलाको पनि आज मृत्यु भएको थाहा भएको छ।