शुक्रबार, चैत्र १६, २०८०

महानगरीय प्रहरी वृत्त थिमीका ५ दर्जन प्रहरीलाइ कोभिड सङ्क्रमण

भक्तपुर असोज ४,
उपत्यकामा कोभिड संक्रमणको रफ्तार बढ्दै गर्दा महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा सङ्क्रमण पुष्टि भएकोछ ।
प्राप्त जानकारी अनुसार वृत्तमा कार्यरत १३० प्रहरीको कोभिड परीक्षणको क्रममा ५ दर्जन भन्दा बढिलाइ कोभिड संक्रमण पुष्टि भएको बताईएको छ ।
पछिल्लो समय सख्यात्मक रुपमा प्रहरीमा संक्रमण देखिएसंगै वृतले सम्पादन गर्दै आएको कारवाही समेत प्रभावित भएको जनाउदै वृतले अत्याश्यक बाहेक थिमि प्रहरी वृत्तमा नआउन सेवाग्राहीलाई आग्रह समेत गरेको छ ।
त्यस्तै सङ्क्रमित प्रहरीलाई खरिपाटीस्थित आइसोलेसन केन्द्रमा र दुई जनालाई भने बोडेको आइसोलेसनमा राखिएको बताईएको छ ।