शुक्रबार, बैशाख १४, २०८१

मनकामना केबुलकारको टिकट अब तपाईको मोबाइलबाटै

काठमाडौं असोज १४ ,
मुलुकमा कोभिड संक्रमणको बढ्दो जोखिमका कारण जारी गरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारण बन्द रहेको मनको इच्छया पूरा गर्ने देवी मनोकामना माइको सहज दर्शनको सहयात्री नेपालकै पहिलो मनकामना केवलकारले नगद रहित कारोबार सुरक्षित मनकामना केबुल कारको अवधारणा कार्यान्वयनमा ल्याएको  छ ।

प्रस्तुत अवधारणा अनुरुप मनकामना दर्शन प्रालिले ई-सेवासंगको सहकार्यमा अव मनोकामना दर्शनका लागि जाने सवै भक्तजनले विगतमा जस्तो टिकट खरिदका लागि लामो लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य मात्र गरेको छैन टिकट करिदको क्रममा हुन सक्ने भिडभाड संक्रमणको उच्च् जोखिमको समेत अन्त्य गरेको छ ।

त्यस्तै केवलकारको प्रस्तुत सुविधा सरकारले सरकारले धार्मिक मठमन्दिर खुल्ला गर्ने निर्णय गरेसंगै उच्च स्वास्थ्य सुरक्षाका साथ सञ्चालनमा आउने केबुलकार सञ्चालन भएपछि भक्तजनहरुले सहजरुपमा प्राप्त गर्न सकिने मनकामना दर्शन प्रालिका कार्यकारी प्रवन्ध निर्देशक राजेशवावु श्रेष्ठले जानकारी दिनुभएको छ