शनिबार, बैशाख ८, २०८१

पुल्चोक झडप नियन्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ सुरक्षाकर्मीलाइ कोभिड संक्रमण

काठमाडौं भाद्र १९ ,

वर्षा र सहकालका देवता मत्स्येन्द्रनाथको रथा जात्रा सञ्चालनको क्रममा बिहीबार ललितपुरको पुल्चोकमा भएको प्रदर्शनकारी प्रहरी वीचको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भिड नियन्त्रणका लागि खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ प्रहरीलाइ कोभिड संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा क्रमस पुल्चोकमा खटिएका १८ जना, महानगरीय प्रहरी परिसर काठमाडौका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महाशाखाका १५ जना रहेको जनाइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।