शुक्रबार, चैत्र १६, २०८०

पत्रकार शाह हत्याको अभियुक्त हरेराम कुर्मी पक्राउ , मुख्य योजनाकार लालबहादुर भने अझै फरार

काठमाडौं भाद्र २५ ,

२०६४ असोज १८ गते तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले बाराको पिपरा बजारबाट अपहरण गरी हत्या गरेका पत्रकार वीरेन्द्र साह हत्याको अभियुक्त हरेराम पटेल कुर्मीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।  पत्रकार बीरेन्द्र साहलाई निज कुर्मी, कुन्दन फौजदार भन्ने नरेन्द्र कुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरी समेतका ५ जनाले अपरहण गरी गोली हानी हत्या गरेपश्चात साबिक डुमरवाना गाविस- ७ स्थित जंगलमा खाल्डो खनेर गाडेको शव २०६४ कात्तिक २२ गते फेला परेको थियो ।

तत्कालीन माओवादीका वाईसिएल ईन्चार्जको जिम्मेवारी रहेका कुर्मीलाइ पत्रकार शाहको हत्या भएको १३ वर्ष पछि पक्राउ गरिएको जनाउदै प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले कुर्मीलाई कोल्हवी नगरपालिका९४ सपही टोलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यस्तै पत्रकार शाह हत्या प्रकरणमा जिल्ला अदालत बाराको २०६८ जेठ १६ गते, पुनरावेदन अदालत हेटौंडाको २०६९ साउन १६ गते र सर्वोच्च अदालतको २०७३ पुस २० गतेको फैसलाले अभियुक्त हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मीको हकमा फरार करार गरी मुद्दा मुल्तबिमा रहेको थियो । कुर्मीलाई आवश्यक अनुसन्धान प्रकृया पुर्‍याई बारा जिल्ला अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मनेजर गिरीलाई २०६५ असोज १९ गते र साबिक खोपवा गाबिस९८ बस्ने प्रतिवादी राम एकवाल सहनीलाई २०६५ पुस २१ गते पक्राउ गरी अनुसन्धान पश्चात अदालतमा पेश गरिएको यिो । त्यसपश्चात सहनी गिरीलाइ सर्वस्वसहित जन्म कैद फैसला भएको थियो । यसैगरी कुन्दन कुमार फौजदार भन्ने नरेन्द्र फौजदारलाइ २०७६ फागुन २५ गते पक्राउ गरी जिल्ला अदालत बारामा पेश गरिएकोमा फागुन २९ गते पुर्पक्षको लागि कारागार चलान गरिएको थियो । तर पत्रकार शाह हत्याका मुख्य योजनाकार लालबहादुर चौधरी भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।