शुक्रबार, बैशाख ७, २०८१

नेपालमा कोभिड संक्रमितको संख्या ४९ हजार नाघ्यो

थप १०८१ जनामा कोभिड १९ को संक्रमण पुष्टि,१६२ जना आईसियू र २२ जनाको भेन्टिलेटरमा उपचार हुँदै, ६ जनाको निधन

काठमाडौं भाद्र २४ ,
बुधबार देशका विभिन्न प्रयोगशालामा ११ हजार १६७ जनाको गरिएको पिसिआर परीक्षणको क्रममा थप १०८१ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको जनाउदै स्वास्थ्य तथा जनसंख्या आज पुष्टि भएको संक्रमितसंगै मन्त्रालयले  नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको जनाएको छ ।

त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ४८० जना रहेको छ भने संक्रिय संक्रमितको सख्या १५ हजार नाघेको छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार ३७ जना रहेको जानकारी मन्त्रालयले दिएकोछ ।

मन्त्रालयका अनुसार १६२ जना आईसियू र २२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको जानकारीसहित पछिल्लो २४ घण्टामा ९१८ जना डिस्चार्ज भएसंगै कुल डिस्चार्ज हुनेको संख्या ३३ हजार ८८२ पुगेको जनाएको  छ ।   संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको निधन भएसंगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३१२ पुगेको छ । मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेका छन । जसमा काठमाडौँको ८३ र ६७ वर्षीय संक्रमित , कास्कीको ७३ वर्षीया, बाँकेको ८० वार्षीया महिला र नवलपरासीको ६४ वर्षीय र अर्घाखाँचीको ४२ वर्षीय पुरुष रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031