शुक्रबार, बैशाख ७, २०८१

नेपालका लागि बेलायती पूर्वराजदूत रिचार्ड मोरिसको शव फेला

काठमाडौं भाद्र १६,
सन् २०१५ देखि ४ वर्ष नेपालका लागि बेलायती राजदूत रहेका पूर्वराजदूत रिचर्ड मोरिसको शव फेला परेको छ । प्रातकालिन भ्रमणका क्रममा गत मे ६ तारिखमा बेपत्ता भएका बेपत्ता भए को झण्डै ४ महिनापछि मोरिसको शव ह्याम्पसायरस्थित एलिस हल्ट जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

मोरिसको नेपाली राजदुतको कार्यकाल सकिएलगत्तै बेलायत सरकारले उहाँलाइ फिजीमा ब्रिटिश हाइ कमिश्नरको रुपमा नियुक्त गरेको थियो । तर, आफनो कार्याकाल सम्हाल्नु अघि नै उनी बेपत्ता भएको बिबिसीले जनाएको छ ।

मोरिस सन् २०१३ देखि २०१५ सम्म बेलायतको विदेश मन्त्रालयमा प्यासिफिक डिपार्टमेन्ट प्रमुखको रुपमा कार्यरत रहेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।