शुक्रबार, बैशाख १४, २०८१

नेकपा स्थायी कमिटीको बैठक: अध्यक्षद्दयको कार्यविभाजन  सहित  विभिन्न  प्रस्ताव पारित 

आगामी चैत अन्तिम साता पार्टीको एकता महाधिवेशन  

काठमाडौं भाद्र२६ ,
सत्तारुढ नेकपाको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको स्थायी कमिटीको बैठकले पार्टी भित्र मौलाउँदै आएको यावत विवादको  अन्त्य गर्दै पार्टीको अध्यक्षद्दय केपी ओली प्रचण्डको कार्याविभाजनसहितका विभिन्न ठोस कार्ययोजनाका प्रस्ताव पारित गरेको छ ।

आपसी अविश्वास र अन्तरकलहका कारण पटकपटक मिति तोक्दै स्थगन हुँदै आएको स्थायी कमिटीको बैठक अध्यक्षद्दयको सहमतिमा महासचिव विष्णु पौडेको संयोजक्तवमा गठित समस्या समाधान समितिले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै यसअघि सिर्जना भएको सवैखालका विवादलाइ ठोस रुपमा सम्बोधन गर्दै आजै बैठक समापन गरिएको छ । यद्यपी बैठक र यसको एजेन्दा प्रति वरिष्ठ नेता माधव नेपाल अझै पनि आफुले राखेकोमा ग सम्बोधन नभएको पक्षलाइ लिएर असन्तुष्ट रहेको बताईएको छ ।

त्यस्ते आजको बैठकले पारित गरेको सहमति अनुरुप प्रधानमन्त्री ओली सरकारको काममा केन्द्रित हुने र अध्यक्ष प्रचण्डलाइ कार्यकारी अधिकार सहित भूमिका निर्वाह गर्ने जिम्मेवारी दिईएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक पछि जानकारी दिनुभयो ।

त्यस्तै उहाँले  आगामी चैत अन्तिम साता पार्टीको एकता महाधिवेशन गर्ने र सोका लागि आवश्यक तयारी गर्न कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक बस्ने र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट अथात एमसिसी लाई आवश्यकतानुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय समेत गरेको छ ।

सीमा समस्या समाधान नियन्त्रणका लागि समेत बैठकले कूटनीतिक वार्ताका माध्यमबाट आवश्यक पहल लिन सरकारलाइ सुझाव दिएको छ भने बढदो कोभिड जोखिम नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारका कामलाई अझै प्रभावकारी बनाउन राष्ट्रिय एकताका साथ अघि बढ्न सरकारलाई बैठकले सुझाव पनि दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।