बिहिबार, चैत्र १५, २०८०

थप १ हजार २४६ जनामा कोभिड संक्रमण ,५ को मृत्यु, १ हजार ८१८ जना डिस्चार्ज

काठमाडौं भाद्र २५,  

पछिल्लो चौविस घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ११ हजार १४४ जनाको पीसीआर परीषणको क्रमममा थप १ हजार २४६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पुष्टि भएको संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या ५० हजार ४६५ हजार २१९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८१८ जना उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ३५ हजार ७०० सय पुगेको छ   भने देशभरका क्वारेनटिनमा ५ हजार ८०६ जना र होम क्यारेनटिनमा ६ हजार ४३८ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ८ हजार २० जना रहेका छन् । भेन्टीलेटरमा २१ जना र आइसीयूमा १५९ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसतै १ जना महिला र ४ जना पुरुष गरि थप ५ जना कोभिड संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँको ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय पुरुषरहेका छन भने चितवनका ६२ वर्षीय र कपिलबस्तुका २९ वर्षीय पुरुषको पनि संक्रमणकै कारण मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।