शुक्रबार, बैशाख १४, २०८१

थप १ हजार २४६ जनामा कोभिड संक्रमण पुष्टि, ४ को  मृत्यु, १ हजार २४३ जना उपचारपछि डिस्चार्ज

काठमाडौं असोज १,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोग शालामा १० हजार ६४१ जनाको पीसीआर परीक्षणको क्रममा थप १ हजार २४६ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कोभिड संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २४३ जना उपचारपछि कोभिड संक्रमण मुक्त भएर डिस्चार्ज भएसंगै उपचारपछि डिस्चार्जहुनको सख्या ४२ हजार ९४९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १२४३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ ।

त्यस्तै देशभरका क्वारेनटिनमा ७ हजार ८३८ जना ,होम क्यारेनटिनमा ८ हजार ३३८ जना र रहेका छन् भने आइसीयूमा १८१ जना र भेन्टीलेटरमा ३९ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ। साथै ४ घण्टामा कोभिड संक्रमणका कारण ४ जनाको मृत्युभएसंगै मृत्यु हुनेको संख्या ३८३ पुगेको छ ।