शुक्रबार, बैशाख १४, २०८१

थप १ हजार २०४ जनामा कोभिड संक्रमण, ११ को मृत्यु

काठमाडौं असोज ३ ,

शनिबार देशका विभिन्न प्रयोगशालामा १० हजार ३३३ जनाको पिसिआर परीक्षणको क्रममा थप १हजार २०४ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै नेपालमा कुल संक्रमितको संख्या ६२हजार ७९७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयले आज पहिचान भएका नयाँ संक्रमित मध्ये काठमाडौं, भक्तपुर र ललितपुर गरि ७११ जना रहेको र यसमध्ये काठमाडौँमा ५७०, भक्तपुरमा ८३ र ललितपुरका ५८ जना रहेको जनाएको छ।

साथै देशभर ७ हजार ७३५ क्वारेन्टाइनमा रहको छ भने १७ हजार १२९ जना सक्रिय संक्रमित रहेको जनाउदै मन्त्रालयले संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार ९७६ जना रहेको जानकारी दिएको छ । त्यस्तै आज संक्रमण मुक्त हुँदै १हजार ४४७ जना संक्रमित डिस्चार्जभएसंगै डिस्चार्ज हुनेको संख्या संख्या ४५ हजार नाघेको मन्त्रालयले जनाएको छ ।

त्यस्तैगरि देशभर संक्रमण पछि गम्भीर अवस्थामा पुगेको १७९ जनाको आइसीयूमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएनुको अलावा संक्रमित मध्ये ११ जनाको मृत्युभएसंगै नेपालमासंक्रमणका कारण मृत्यु हुनेको संख्या ४०१ पुगेको जनाएको छ । मृत्यु हुनेमा काठमाडौँकी ७७ वर्षीया ७५ वर्षीय ,ललितपुरका ७३ र ६८ ,६० वर्षीय, मोरङकी ६५ वर्षीया, रौतहटकी ५१ वर्षीया, सर्लाहीकी ५६ वर्षीया, र मकवानपुरकी ३७ वर्षीया महिला, रुपन्देहीका ६९ वर्षीय र बाँकेका ४५ वर्षीय पुरुष रहेका छन ।