बिहिबार, चैत्र १५, २०८०

थप १५३९ जनामा कोभिड–१९ संक्रमण पुष्टि, ८ को मृत्यु, १०६८ रहको जना उपचारपछि डिस्चार्ज

काठमाडौं भाद्र ३१,
बुधबार देशका विभिन्न प्रयोगशालामा १० हजार ४९४ जनाको पिसिआर परीक्षणको क्रममा थप १५३९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज पुष्टि भएका कोभिड संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

त्यस्तै आज पुष्टि भएका संक्रमित मध्ये उपत्यकामा मात्र ७३७ रहेको जनाउदै मन्त्रालयले यसमध्ये काठमाडौमा ६५२, भक्तपुरमा २५ र ललितपुरमा ६० जना रहेको जानकरी दिएका छन ।

त्यस्तै ७ हजार ७०१ जना क्वारेन्टाइनमा रहेका छन भने १६ हजार २४२ सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ७,७०१ जना रहेको जानकारी सहित पछिल्लो २४ घण्टामा कोभिड मुक्त भई डिस्चार्ज हुनेको संख्या १०६८ रहको जनाएको छ । आज डिस्चार्ज भएको संक्रमित संगै डिस्चार्ज हुने जम्मा संख्या ४१ हजार ७०६ पुगेको मन्त्रालयले जानकारी दिएको छ । साथै संक्रमणका कारण गम्भीर अवस्थामा पुगेको देशभर १७३ जनाको आइसीयूमा र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै संक्रमणका कारण आज ४ महिला र ४ पुरुष गरि ८ जनाको निधन भएसंगै मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । मृत्यु हुनेमा काठमाडौको ७१ र ७४ वर्षीया महिला रहेका छन । त्यस्तै सुनसरीका ७० वार्षीय, सप्तरीका ३५ वर्षीय, काभ्रेपलाञ्चोकका ४१ वर्षीया, कास्कीका ७० वर्षीय पुरुष, वाराको ४६ वर्षीया, काभ्रेपलाञ्चोकको ५५ वर्षीया संक्रमित रहेका छन ।