बिहिबार, बैशाख १३, २०८१

थप १२ सय ७ जनामा कोभिड संक्रमण ,१ हजार १४७ संक्रमित डिस्चार्ज ,८ को मृत्यु

काठमाडौं असोज १०,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार १९ जनाको नमुना परीक्षणको क्रममा थप १२ सय ७ जनामा कोभिड संक्रमण देखिएसंगै मुलुकमा कुल संक्रमित संख्या ७१ हजार ८२१ पुगेको छ।

त्यस्तै १ हजार १४७ संक्रमित कोभिड मुक्त हुँदै डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या ५३ हजार १३ पुगेको मन्त्रालयले जनाएकोछ । त्यस्तै सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको र क्वारेनटिनमा ६ हजार ३३१ जना रहेका छन् । होम क्यारेनटिनमा १० हजार ५०८ जना रहेको मन्त्रालयले जनाएको छ।

साथै उपत्यकाका  ४ जना सहित देशभर संक्रमणका कारण थप ८ जना संक्रमितको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ । मृत्यु हुनेमा , काठमाडौमा २० र ७४ वर्षीय, भक्तपुरमा ८८ वर्षीय, मकवानपुरमा ७४ वर्षीय, ललितपुरमा ७६ वर्षीय, सप्तरीमा ६३ वर्षीय, रुपन्देदीमा ७२ वर्षीय र कैलालीमा ३० वर्षीय पुरुष रहेको जनाएकोछ।