शुक्रबार, बैशाख ७, २०८१

थप ११२० जनामा कोभिड संक्रमण, १२ जनाको मृत्यु

काठमाडौ भाद्र १७,

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणको क्रममा ८ सय पुरुष र ३सय २० महिला गरि थप ११२० जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंका ३५०, ललितपुरका २९ र भक्तपुरका ९ जनासहित ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

त्यस्तै उहाँले क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७६६ जना रहेका छन् भने सक्रिय संक्रमित को सख्या १८ हजार १०८ रहेको यसमध्ये होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार ६१५ जना रहेको बताउनुभयो ।

त्यस्तै गरि १४४ जना आईसियू र १८ जनाको भेन्टिलेटरमा उपचार भैरहेका बताउदै प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ११२ जना उपचारपछि निको भएर डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या २३ हजार २९० सय पुगेको बताउनुभयो ।

त्यस्तै गरि मुलुकको काठमाडौं लगायत एक दर्जन जिल्लामा ५ सय भन्दा संक्रिय संक्रमित रहेको छ भने ७ वटा जिल्लामा संक्रमित शुन्य रहेको बताउनुभएको छ । पछिल्लो २४ घण्टामा ६जना महिला र ६ जना पुरुष गरि थप १२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २५१ पुगेको  बताउँदै   मृत्यु हुनेमा    चितवनका ५५ र १८ वर्षीय, काठमाडौँको ८९ वर्षीय, ललितपुरको ७० वर्षीय तनहुँको २० वर्षीय र कपिलवस्तुको ६० वर्षीय महिला सहित वाराका ९७ वर्षीय, चितवनका ६५ वर्षीय, भक्तपुरका ४० वर्षीय काठमाडौँका ७० र ७५ वर्षीय, र धादिङका ४७ वर्षीय पुरुष रहेको जानकारी दिनुभयो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031