बिहिबार, बैशाख १३, २०८१

जोरबिजोर प्रणालीलाइ कायम गर्न र तोकेको मापदण्ड अनिवार्य पालना गर्न प्रशासनको अनुरोध

यस्तो छ संक्रमणको बढ्दो जोखिमकावीच निषेध गरिएको गतिविधी

काठमाडौ असोज १ , कोभिड कहरकावीच जारी निषेधालाइ थप परिमार्जित गर्दै नागरिक स्वयमले स्वतस्र्फुत कार्यान्वयन गर्ने गरि आजबाट यसअघ जारी आदेशमा निम्नानुसारको नयाँ व्यवस्था कार्यान्वयन हुने गरि अर्को आदेश नभएसम्का लागि कायम रहने गरि सूचना आदेश जारी गरेको छ ।
जारी सूचना आदेशमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न तमाम सर्वसाधारणलाइ अनुरोध गरेको छ । त्यस्तै प्रशासनले कोभिड संक्रमण थप रफ्तारमा बढेने क्रम रहेका कारण उपत्यकामा यसअघि जारी गरिएको सार्वजनिक तथा निजी सवारी साधनमा लागु गरिएको जोरबिजोर प्रणालीलाइ कायम गर्न र तोकेको मापदण्ड अनिवार्य पालना गर्न सबैमा अनुरोध गरेको हो ।

त्यस्तै बुधवार जारी सूचना आदेशमा संक्रमणको बढ्दो जोखिमकावीच निषेध गरिएको गतिविधी सहित जारी सूचना आदेशमा अत्यावश्यक सेवा कार्यालय आवतजावत र ढुवानीका साधनमा भने जोरबिजोर लागु नहुने प्रशासनको तर्फबाट जारी पछिल्लो सूचनामा उल्लेख गर्दै खुला स्थानमा भीडभाड, सभाजुलुस गर्नगराउन, जात्रा, मेला, महोत्सव, भोजभतेर सञ्चालन गर्न तथा धार्मिक क्षेत्रमा दैनिक नित्य पूजाबाहेकका गतिविधि, बढी भीडभाड हुने उद्योग, कलकारखाना, व्यापार, व्यवसाय सञ्चालन गर्न भने निषेध नै गरिएको उल्लेख गरिएको छ ।

यस्तै जारी सूचनामा चाडपर्वलगायत धार्मिक तथा सांस्कृतिक कार्यक्रममा हुने जमघट, शैक्षिक संस्था सञ्चालन, सबै प्रकारका गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, ब्यूटी पार्लर शैलुन, स्पा, स्वीमिङ पुल जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, चिडियाखाना तथा सङ्ग्रहालय सञ्चालनमा रोक लगाइएको पुरानै व्यवस्थालाई कायम गरिएको छ ।

व्यापारव्यवसायमा स्वास्थ्य मापदण्ड विपरीत मजदूरलाई ओसारपसारमा समेत रोक लगाइएको छ । दैैनिक क्रियाकलाप गर्दा मास्कको प्रयोग अनिवार्य गर्न, नियमित साबुनपानीले हात धुन या सेनिटाइजरको प्रयोग गर्नसमेत अनुरोध गरिएको छ । भौतिक दूरी कायम राखेर दैनिक गतिविधि सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । सो विषयमा दैनिक अनुगमन गरिने र कैफियत देखिए कानूनअनुसार कारवाही हुने उल्लेख गरिएकोछ ।