बिहिबार, बैशाख १३, २०८१

कोभिड संक्रमित कांग्रेस महामन्त्री कोइराला उपचारपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं असोज ३ ,
कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट आज उपचारपछि डिस्चार्ज भएका छन्।

विगत ५ दिन देखि राजधानीको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भइ उपचार गराउदै आउनुभएका महामन्त्री कोइराला आज डिस्चार्ज हुनुभएके हो ।

डिस्चार्जभएसंगै महामन्त्री कोइाले भने मेरो स्वास्थ्यस्थितिमा क्रमिक सुधार आएसँगै आजै ओम अस्पतालबाट डिस्चार्ज भएको छु। चिकित्सकको सल्लाह बमोजिम अब केही दिन होम आइसोलेशनमै रहने बताउदै आफ्नो स्वास्थ्यका बारेमा चासो राख्ने सबैलाई धन्यवाद समेत दिनुभएकोछ ।