बिहिबार, बैशाख १३, २०८१

कोभिड संक्रमितको सख्या ६४ हजार नाघ्यो , ६ जना महिला र ४ पुरुष गरी १० को मृत्यु

काठमाडौ असोज ४,
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ९ हजार ५८४ जनाको पीसीआर परीक्षणको क्रममा थप १ हजार ३२५ जनामा कोभिड संक्रमण देखिएसंगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको र यसमध्ये  होम आइसोलेसनमा बस्नेको संख्या ८ हजार ४०७ जना रहेको  जानकारी   सहित  मन्त्रालयले देशभर क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ४५१ जना रहेको जनाएकोछ । साथै देशका बिभिन्न अस्पतालका आइसीयूमा १९० जना र भेन्टीलेटरमा ३६ जना उपचाररत रहेको समेत मन्त्रालयले जनाएकोछ ।

त्यस्तै देशभर थप ९६६ जना उपचारपछि निको भएर डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ४६ हजार २३३ पुगेको बताउदै ६ जना महिला र ४ जना पुरुष गरी देशभर थप १० जना कोभिड संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

मृत्यु हुनेमा काठमाडौैको ४०, ६०, ६३, वर्षीया, ललितपुरकी ७५ वर्षीया, भक्तपुरकी ७२ वर्षीया, पाल्पाकी ४० वर्षीया महिला, धनुषाका ७६ वर्षीय, काठमाडौका ८२ वर्षीय, चितवनका ८० वर्षीय र रुपन्देहीका ७६ वर्षीय पुरुष रहेको र यो संगै  नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको जानकारीदिएकोछ ।