शुक्रबार, चैत्र १६, २०८०

कुल संक्रमितको संख्या ४६ हजार नाघ्यो, १७४ जना आईसियू र २७ जनाको भेन्टिलेटरमा उपचार हुँदै

२ महिला र ७ जना पुरुष गरी थप ९ को निधन

काठमाडौं भाद्र २१ ,
आइतबार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ३८२ जनाको पिसिआर परीक्षणको क्रममा ६९० पुरुष ६९० र २९० महिला गरि थप ९८० जनामाकोभिड १९ को संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ४६ हजार २५७ जना पुगेको छ ।

आइतबार मन्त्रालयका प्रवक्ता पडा जोगेश्वर आज पहिचान भएक संक्रमित मध्ये काठमाडौंका २९०, ललितपुरका ३२ र भक्तपुरका ३२ जनासहित ३५४ जना रहेको बताउदै काठमाडौंमा बढ्दो संक्रमितको सख्याले उपत्यका कोभिडको उच्च् जोखिमका रहेको जानकारी दिनुभयो ।  त्यस्तै उहाँले क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७०३ जना रहेको र सक्रिय संक्रमित सख्या १७ हजार २७ जना रहेको बताउदै यसमध्ये होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार ८२६ जना रहेको बताउनुभयो ।

साथै उहाँले १७४ जना आईसियू र २७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको जानकारी दिदै मन्त्रालयले पछिल्लो २४ घण्टामा संक्रमणका कारण ९ जनाको मृत्यु भएसंगै कोभिडका कारण मृत्यु हुनेको संख्या २८९ पुगेको बताउनुभयो । आज संक्रमणका कारण मृत्यु वरण गर्नेमा काठमाडौँका ३ मोरङ १ , झापा १ र मोरङ, पर्सा, धनुषा र चितवनको १र १ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।