बिहिबार, बैशाख १३, २०८१

काठमाडौं उपत्यकामा थप ६४५ जनामा संक्रमण, २ को मृत्यु

काठमाडौ असोज ९,
देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार २६२ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १३ सय १३ जनामा कोभिड संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको मन्त्रालयले जनाएको छ ।

आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा थप ६४५ जना रहेको जनाउदै मन्त्रालयले यसमध्ये काठमाडौंका ५०३, भक्तपुरका ५१ र ललितपुरका ९१ जना रहेको जानकारी दिएको छ ।

त्यस्तै आज काठमाडौं उपत्यककाका २ जनाको निधन भएको छ । मृत्यु हुनेमा काठमाडौंका ७५ वर्षिया महिला र ललितपुरका ५१ वर्षिय पुरुष रहेको मन्त्रालयले जनाएको छ।