बिहिबार, चैत्र १५, २०८०

कांग्रेस महामन्त्री डा कोइराला अस्पताल भर्ना

काठमाडौ भाद्र३१,
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन्। कोभिड संक्रमणपछि घरमै आइसोलेसनमा बसिरहेका उनलाई एकाएक ज्वरो आएपछि ओम अस्पताल भर्ना गरिएको हो ।

अहिले ज्वरो घटेपनि निमोनिया देखिए पनि अरू अवस्था सामान्य रहेको बताईएको छ । महामन्त्री कोइरालाको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा.विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली खटिएको थाहा भएको छ ।