शुक्रबार, बैशाख १४, २०८१

एसिड छ्याप्ने अपराधीलाइ २० वर्षसम्मको सजाय र १० लाखसम्मको जरिवाना  

विक्रीको लागि पनि इजाजत लिनुपर्ने

काठमाडौं असोज ९ ,
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पछिल्लो समय बढ्दो एसिड आक्रमणको घटनालाइ लक्षित गर्दै कडा कानुन बनाउने तयारी अनुरुप नयाँ अध्यादेश ल्याउने निर्णय गरेको छ ।कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेले मन्त्रिपरिषदमा पेस गरेको उक्त अध्यादेशमा एसिडसम्बन्धी कसुरमा २० वर्षसम्मको सजाय र १० लाखसम्म जरिवाना तोकिएको बताईएको छ ।

त्यस्तै यसको लागि आक्रमणकारीको सम्पत्ति रोक्का गरेर पीडितलाई तुरुन्तै क्षतिपूर्ति भराइने नयाँ कानुनी व्यवस्था सहितको अध्यादेशमा एसिड छ्यापेर पीडितको अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अङ्गमा क्षति पुर्‍याइएमा २० वर्षसम्म कैद सजाय निर्धारण गरिएको हो । शरीरका अन्य अङ्गमा तेजाब मात्रै परे १० वर्ष सजाय भुक्तान गर्नुपर्ने प्रवाधान रहेको थाहा भएकोछ ।

त्यस्तै अव उपरान्त एसिड बिक्रीका लागि पनि जिल्ला प्रशासन कार्यालयबाट लाइसेन्स लिएर मात्र बिक्री वितरण गर्न पाइने र वर्षैपिच्छे लाइसेन्स, बिक्री इजाजत अद्यावधिक, नवीकरण गर्नुपर्ने नयाँ कानुनमा व्यवस्था गरिएको बुझिएकोछ ।