शनिबार, बैशाख ८, २०८१

उपत्यका प्रवेश गर्ने ५ वटै नाकामा सेना परिचालन सहित दशैंसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्नेमा जोड

काठमाडौ भाद्र २१ ,

काठमाडौं उपत्यकामा बढ्दो कोभिड संक्रमणको रफ्तार नियन्त्रणका लागि उपत्यका प्रवेश गर्ने ५ वटै नाकामा सेना परिचालन गर्दै उपत्यका प्रवेशमा कडाइ गर्नुको विकल्प नभएको अधिकारीहरुले बताएका छन ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत संघीय सासद जीवन राम श्रेष्ठको संयोजकत्वमा गठित उपसमितिको आइतबारको कोभिड संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञा र यसको विकल्प विषयक छलफलमा सहभागी उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालय प्रमुखले प्रस्तुत अभिव्यक्ति सहित काठमाडौं उपत्यका प्रवेशमा थप कडाई गर्नुपर्नेमा जोड दिदै उपत्यका प्रवेश गर्ने नाकाहरुबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट आउने दवावको रोकनुपर्नेमा समेत उहाँहरुको जोड रहेको थियो ।

त्यस्तै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल , भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र  ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आगामी दशैं सम्म जनजीवनलाइ सहज बनाउदै जारी निषेधाज्ञालाई निरन्तरता दिनुपर्नेमा उहाँहरुले जोड दिनुभएको छ।

त्यस्तै नगरपालिका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले उपत्यकामा लागु भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको भन्दै पछिल्लो समय जारी निषेधाज्ञाको कार्यान्वयन पक्ष फितलो भएको बताउदै कडाइकासाथ कार्यान्वयन गनुको विकल्प नभएको बताउनभयो ।

त्यस्तै बैठकमा कोभिडको नियन्त्रण र रोकथाम र उपचारका लागि कन्ट्याक्ट् ट्रेसिङ्गलाई व्यापक गर्ने, पिसिआर परिक्षण गर्ने , संक्रमितलाई आइसोलेसनमा राख्न आवश्यक ब्यवस्था गर्ने , अस्पतालहरुमा आइसियु र भेन्टिलेटरको ब्यवस्थापन गर्ने र क्वारेन्टाइन र आइसोलेसनहरु मापदन्ड अनुरुप निर्माण गर्ने जस्ता विषयगत विषयगत छलफल संगै उपत्यकाभित्र संक्रमणको माध्यम बन्दै आएको  तरकारी बजारमा बढेदो भिड नियन्त्रण सहितको बजार ब्यवस्थापन र कोभिड -१९ को प्रोटोकललाई अवलम्बन गर्न सबै नागरिक र ब्यवसायीको जिम्मेवारी बोध गराउन अभियान सञ्चालनमा समेत ध्यानाकर्षण गराइएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।