शनिबार, बैशाख ८, २०८१

उपत्यका कोभिड संक्रमणको इपिसेन्टर बन्दै, आजमात्रै थपियो ८ सय १७ जना संक्रमित

काठमाडौं असोज १२ ,
देशभरमाका विभिन्न प्रयोगशालामा १० हजार ८० जनाको कोभिड परीक्षणको क्रममा नेपालमा थप १ हजार ३ सय ५१ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै संक्रमित हुनेको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज पहिचान भएका संक्रमित मध्ये ९ सय १५ पुरुष र ४ सय ३६ महिला रहेको जानकारी समेत मन्त्रालयले दिएको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको जानकारी दिदै मन्त्रालयले आज संक्रमण पुष्टि भएका मध्ये काठमाडौं उपत्यकाका बढि रहेको जनाएकोछ । जसअनुसार काठमाडौमा ४ सय ६९ ,ललितपुरमा १ सय ३२ र भक्तपुरमा ३६ जना गरी उपत्यकामा मात्र ८ सय १७ जना रहेको अवस्था छ ।गत २४ घण्टामा ७ सय ४२ जना संक्रमण मुक्त हुँदै डिस्चार्जभएसंगै संक्रमण मुक्त हुनेको सख्या ५४ हजार ६ सय ४० पुगेको छ ।

त्यस्तै संक्रमणका कारण आज उपत्यकामा भक्तपुरका एकजनाको मृत्यु भएको छ भने सुनसरी बाँकी ३ जनामा बाँके र गुल्मीमा एक–एक जना रहेको र योसंगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ सय ८१ पुगेको मन्त्रालयले जनाएको छ ।