बुधबार, बैशाख १२, २०८१

उपत्यकामा ५ को मृत्युसंगै थप ८०९ जनामा संक्रमण पुष्टि , अवस्था दिनानुदिन भयावह

काठमाडौं असोज ११ ,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १० हजार १२३ जनाको पीसीआर परीक्षणको क्रममा थप १५ सय ७३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

यसमध्ये काठमाडौं उपत्यकामा थप ८०९ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ जना रहेको जनाउदै उपत्यकामा बढ्दो संक्रमणको रफ्तालाइ विश्लेषण गर्ने हो भने उपत्यका कोभिडको चरम अवस्थामा रहेको जनाएको छ ।

त्यस्तै उपत्यकामा काठमाडौका १ महिलासहित ३, ललितपुरका २,जना गरि ५ जना र उपत्यका बाहिरका ५ जना गरि देशभर १० जना संक्रमितको निधन भएको छ ।

त्यस्तै स्वास्थ्य मन्त्रालयले देशभर २५ हजार बढी संक्रीय संक्रमित भए पुन लकडाउन गर्न सिफारिस गर्ने बताएको छ । आजको दिनसम्म देशमा संक्रीय संक्रमितको संख्या १९ हजार १९ पुगेको जनाएको छ ।